बैंकको किस्ता र ब्याजको भाका सार्न म्याग्दीका ट्याक्सी ब्यवसायीको माग

बेनी, २२ असार । म्याग्दीका ट्याक्सी ब्यवसायीले लकडाउनको अवधिको बैंकको किस्ता र ब्याजको भाका सार्न अनुरोध गरेका छन् ।

कोरोना (भाइरस) को जोखिमसँगै ट्याक्सी ब्यवसाय पूर्णरुपमा बन्द भएपछि रोजिरोटी समेत खोसिएको भन्दै कर्जा र ब्याजको समय सिमा कम्तिमा ६ महिना थपको अनुरोध गदैं जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र पठाएका हुन् ।

बेनी यातायात प्रालिका अध्यक्ष टिकप्रसाद पूर्जा र कालिगण्डकी यातायात प्रालिका अध्यक्ष भोजबहादुर थापा (कुमार) ले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र पठाउनुभएको हो । तत्काल ब्याज र किस्ता तिर्नु नसक्ने भन्दै निरन्तर ताकेता गरिए कागजपत्र र चावी बैंकमा बुझाइने बताउनुभयो ।

ज्ञापनपत्रमा लकडाउनको अवधिमा तिनुपर्ने किस्ता र ब्याजलाई सुन्य समय मान्दै पूर्णरुपमा लकडाउन खुलेपछि तिर्ने, लकडाउनको अवधिमा समय पुगेको सवारीसाधनको बिमा समयावधी थप गर्ने, बेनी नगरपालिकालाई तिदैं आएको काउन्टर भाडा, पार्किङ शुल्क मिनाह लगायतका माग गरिएको छ । सोही अवसरमा प्रजिअ ढकालले ब्यवसायीको माग सम्बन्धित निकायमा पठाउने बताउनुभयो ।

व्यवसायीका मोवाइलमा बैंक तथा वित्तिय संस्थाबाट म्यासेज र घण्टी बज्न थालेपछि बाध्य भएर ज्ञापनपत्र बुझाइएको बेनी यातायात प्रालिका कार्यालय सचिव अनिल पौडेलले बताउनुभयो । प्रालि अन्तरगत म्याग्दीमा करिब २०० सय ट्याक्सी सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: