छहारी युवा क्लवद्धारा विपन्नलाई खाद्यान्न वितरण

बेनी, १३ चैत । म्याग्दीको मालिका गाउपालिका–४ फुलबारीको छहारी युवा क्लवले विपन्नलाई खाद्यान्न सहयोग गरेको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामा लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका छ घरपरिवारलाई क्लवले सहयोग गरेको हो ।

प्रतिपरिवार एक एक बोरा चाम, तीन किलोग्राम दाल, एक पोका नुन र एक पोका तेलका दरले सहयोग गरिएको क्लवका तुलन बुढामगरले बताउनुभयो ।

ती परिवारले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: