ब्यवसायिक तरकारी उत्पादन तालिम सम्पन्न

बेनी, २0 पmागुन । बेनीमा मंगलबार ब्यवसायिक तरकारी उत्पादन सम्वन्धी तीन दिने तालिम सम्पन्न भएको भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोग र म्याग्दी–काली तरकारी बल्कको आयोजनामा तीन दिनसम्म मौसमी तथा बेमौसमी तरकारी उत्पादनसम्वन्धी तालिम सञ्चालन भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तरगत ब्यवसायिक रुपमा तरकारी खेतीका लागि छनौट भएका ३३ जना कृषकहरु सहभागि थिए ।

तालिमको कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइराला, बाली संरक्षण अधिकृत गोविन्द पाण्डे, कृषि प्राबिधिक कल्पना पुन र सम्झना खत्रीले सहजिकरण गर्र्नुभएको थियो ।

जैविक प्राङ्गारिक मल निर्माण, बेमौसमी विरुवा नर्सरी गर्ने तरिका, ब्यवसायिक रुपमा तरकारी खेती विस्तार गर्ने तरिका, पलास्टीक घरभित्र बाह्मासे तरकारी उत्पादन सम्वन्धी तालिम प्रदान गरिएको म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिका अध्यक्ष सोवित शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष शर्माको अध्यक्षता र सचिव मिना क्षेत्रीको सञ्चालनमा सम्पन्न तालिम समापन गर्दै ज्ञान केन्द्रका प्रमुख कोइरालाले ब्यवसायिक बनेर तरकारी उत्पादन बढाई आयात घटाउन जुट्न आग्रह गर्नुभयो ।

तालिममा सहभागि कृषकहरुलाई निशूल्क बोडी, गोलभेडा, काक्रो, तिते करेला जातका तरकारीको विउ वितरण गरिएको थियो । यो वर्ष बल्क मार्फत १३ वटा स्थाई र २० वटा अस्थाई टनेल निर्माणमा कृषकलाई अनुदान सहयोग गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।
स्थाई टनेल बनाउन ४५ हजार र अस्थाई टनेल बनाउन दश हजारका दरले अनुदान दिन लागेको हो । कुल लागतको पचास प्रतिशत अनुदान र पचास प्रतिशत कृषकले ब्यहोर्ने निर्णय भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: