शिखमा कुसन र गुडिया बनाउने तालिम

सेते तिलिजा पुन
शिख, १७ फागुन । अन्नपूर्ण गाउँपालिका –५ शिखमा शनिबार सात दिने कुसन र गुडिया बनाउने तालिम सम्पन्न भएको छ ।

स्थानीय महिलाहरुलाई सिप सिकाएर आयआर्जनतर्फ अग्रसर बनाउने र स्थानीय स्तरमा आवश्यक गुडीया तथा कुसन गाउमै उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिम सञ्चालन गर्न गाउपालिकाले एक लाख रुपैया बिनियोजन गरेको थियो ।

१७ जना महिलाहरुको सहभागिता रहेको तालिमको प्रशिक्षक पोखराकी मधु केसी (सगुन) रहनुभएको थियो भने गाउपालिकाका सविना थापाले सहजिकरण गर्नुभएको थियो । सहभागीहरूले कुसन, डवल कुसन, सानो गुडिया, मध्यम गुडिया र ठुलो गुडिया बनाउने ब्यवहारिक अभ्यास गरेका थिए ।

वडा सचिवको समेत जिम्मेवारी सम्हाल्नुभएका शिख स्वास्थ्य चौकीका इञ्चार्ज तुलबहादुर रन्तिजाको सञ्चालन र वडा अध्यक्ष दिनेशकुमार तिलिजा पुनको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो । वडा अध्यक्ष पुनले तालिममा सिकेका सिपलाई ब्यवहारमा उतारेर व्यवसायिक बन्न आग्रह गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: