मगर संघको शुभकामना आदानप्रदानसंगै देउसीभैलो

बेनी, ९ कात्तिक । दिपावली पर्व २०७६ को अवसरमा नेपाल मगर संघ म्याग्दीले शनिबार बेनीमा सांस्कृतिक र देउसीभैलो सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

परम्परा, कला, संस्कृति र रहनशहनको संरक्षण सँगै मगरसंघको भवनमा निर्माणाधिन तालिमहललाई पूर्णता दिन आयस्रोत जुटाउने उद्देश्यले आफ्नै सभाहलमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस म्याग्दीका सभापति खिम्बर गर्बुजाले आफ्नो भाषा, पहिचान, परम्परा, संस्कृतिको संरक्षणमा जागरुक बन्नुपर्ने बताउनुभयो । संबिधानमा उल्लेखित अधिकारको उपयोग गरेर सामाजिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा मगर समुदायको उपस्थिति बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा, कृषि ज्ञान केन्द्रका बागबानि विकास अधिकृत भोजबहादुर थापा, मगर विद्यार्थी संघका अध्यक्ष बिजय घर्ती लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाल मगर संघ म्याग्दीका अध्यक्ष डमाया शेरपुञ्जाको अध्यक्षता, सचिव खम थापाको सञ्चालन र उपाध्यक्ष लोकबहादुर पुन (लोकेश)को स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा बेनपा ८ की सानीमाया पुनले संघको भवनमा राख्नका लागि दुई थान डस्टविन सहयोग गर्नुभयो ।

कार्यक्रममा मगर समुदायको मौलिक पुख्यौली, सोरठी, यानीमाया, सालैजो, कौरा गितमा नृत्य प्रस्तुत गरिएको थियो । हास्य कलाकार विकास फगामीको पनि विशेष प्रस्तुति थियो । संघको भवनमा एक कोठे तालिमहल निर्माणाधिन छ । तालिमहरुलाई पूर्णता दिन देउसी भैली खेलेर सहयोग जुटाउन लागिएको संघका सचिव थापाले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: