जापानमा शक्तिशाली भनिएको ताईफुको असर देखिन थाल्यो,उच्च सचेत रहन आग्रह

टोकियो । जापानमा आज शनिवार शक्तिशाली ताईफु हागिविसको असर देखाउन थालेको छ ।

विहानदेखि शिजुओका,चिवा हुँदै कान्तो क्षेत्रमा असर देखिन थालेको छ ।  यस क्षेत्रमा भारी वर्षा र तिव्र गतिमा आँधीबेरी चलिरहेको छ । हागिविस ताईफुको असरका कारण रेल तथा हवाई सेवाहरु सबैजसो बन्द भईसकेको सुचना जारी भएको छ  ।

जापानको शिजुओका,चिवा लगाएत विभिन्न शहरमा भयंकर ताइफु हागीबिसले ज्वारभाटाको स्तरमा उकालो लागेको जापानको सञ्चार माध्यम माईनिचिले जनाएको छ ।  शक्तिशाली हागीबिस ताईफुबाट आफ्नो जीवन बचाउन र सचेत रहन आम मानिसलाई जापान मौसम एजेन्सीले आग्रह गरेको छ ।

यो आँधीबेहरी ज्वारको स्तर बृद्धि हुने धेरै सम्भावना रहेको अधिकारीहरूले बताएका छन । दमकल विभागले निशिजिमा क्षेत्रका बासिन्दाहरूलाई उनीहरूको घरको माथिल्लो तलामा खाली गर्न आग्रह समेत गरेको छ ।

चिबा क्षेत्रमा बिहान ८ वजेवाट नै घरमा विद्युत् आपुर्ती बन्द भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: