टोकियोमा कुलमान घिसिङसंग भेटने अवसर हुने भयो पूरा , बृहत अन्तरक्रिया आज बेलुका

जापानको राजधानी टोकियोमा आज ऊर्जा,जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग हुने बृहत अन्तरक्रिया कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । 

“समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीहरुको भूमिका” विषयक अन्तरक्रियामा मन्त्री पुन र उज्यालो नेपाल अभियानका अभियान्ता तथा प्राधिकरणका निर्देशक घिसिङसंग जापानबासी नेपालीहरूले प्रत्यक्ष भेटघाट तथा अन्तक्रियामा साक्षात्कार गर्ने यो महत्वपूर्ण र सुनौलो अवसर पनि हो । 

जुनसुकै कार्यक्रम हुँदा लाइभ हुने र गरिने हुँदा घरैमा वसेर लाइभ हेर्छु भन्ने सोचमा हुनुहुन्छ भने यो कार्यक्रम हलमा लाइभ नभइ रेकर्डेट मात्र हुने भएकोले कार्यक्रम हेर्न सहभागी हुनुपर्ने कार्यक्रमका आयोजक सदस्य वेलुकाजी थापाले जानकारी दिए  । 

जाईकाको औपचारिक कार्यक्रममा भाग लिन जापान आउन लागेका मन्त्री पुन र निर्देशक घिसिङसंग प्रत्यक्ष अन्तर्क्रिया र मोटिभेसन कार्यक्रममा उपस्थित भइ नयाँ नेपालको निति तथा योजना तर्जुमा सम्बन्धी जानकारी लिन सम्पूर्ण जापानबासी नेपाली समुदायलाई आयोजकले निःशुल्क प्रवेशको व्यवस्था समेत गरेको छ । 

कार्यक्रम आज  बेलुकी साँढे छबजेबाट टोकियो स्थित नेरिमा कल्चरल सेन्टरको सभाहलमा हुनेछ । जापानको व्यस्त दैनिकीसंग परिचित नेपाली समुदायलाई उज्यालो नेपालनिर्माण र विद्युतमा भएको क्रान्तिकारी परिवर्तन बारे कुलमान घिसिङसंगको प्रत्यक्ष साक्षात्कार बाट आफूलाई अलग नहुन र यदि सूचनाबाट वेखबर हुनुहुन्छ भने यसै जानकारीलाई आधिकारिक सूचना मानेर उपस्थित हुन कार्यक्रमका संयोजक मोहन पौडेलले जापानवासी नेपाली समुदायलाई अपिल समेत गरेको छ ।

कार्यक्रम स्थल पुग्न :- इकेवुकुरोबाट १ स्टेशन SEBU IKEBUKURO L.फोकुतोसिन लाईन/ युराक्चो लाईन / वेदो लाईनको नेरिमा स्टेशनसंग जोडीएको हल । 

Leave a Reply

Scroll to Top
%d bloggers like this: