म्याग्दीका चन्द्र केसी समाजसेवा पुरस्कारबाट सम्मानित

परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष एवम् समाजसेवी चन्द्रकुमार केसीलाई समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन् । सोमबार समाज कल्याण परिषद्ले काठमाण्डौमा आयोजना गरेको ४० औं सामाजिक सेवा दिवसको अवसर उपराष्ट्रपति नन्दबहादुर पुनले कदरपत्र र दोसल्लाले सम्मान गरेका छन् ।

समाज सेवामा सर्मपित भई मानब वेचविखन बिरुद्धको अभियान, आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सहयोग, छात्रबृत्ति, अक्षयकोष लगाएतका क्षेत्रमा २०७५ सालदेखि पु¥याएको योगदानको उच्च मुल्याङकन गदैं सम्मान गरिएको परिषद्ले जनाएको छ । सम्मान कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापा, परिषद्का पदाधिकारी लगाएत नेपाल सरकारका बिशिष्ट ब्यक्तिको उपस्थिती रहेको थियो ।

सम्मानित हुने केसीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानकी १ बर्षिया बालिका सियाना रन्तिजालाई कलेजो दान गरेका थिए । त्यस्तै इन्डोनेसियामा अलपत्र परेकी बेनी नगरपालिका–९ तोरिपानीकी मुना खत्री सहित नेपालीलाई उद्धारसँगै मुख्य र नेपालका दलाललाई समेत पक्राउ गर्न जोखिमपूर्ण काम गरेका थिए ।

मुख्य दलाल इन्डोनेसियाका पुरषोत्तमलाल लाई नेपालमा नाटकीय तरिकाले मानव बेचविखन तथा नियन्त्रण ब्युरोलाई पक्राउ गर्न सघाएका थिए । त्यस्तै दोलखाको गैरीमुदी गाउँपालिका १ का ३० वर्षीय शशी लामा, काभ्रेको पनौती नगरपालिका ४ का २८ वर्षीय अर्जुन कार्कीलाई समेत पक्राउ गरिएकोे थियो ।

मानबतस्करको जालो तोड्न केसीले खेलेको भूमिकालाई समाजकल्याण परिषद्ले उच्च मुल्याङ्कन गरी सम्मान गरेको परिषद्ले जनाएको छ । दधिचि’ (अरुका लागि आफ्नो शरिरको अङ्ग समेत काटेर दिनसक्ने दानि व्यक्ति ) को नामले समेत चिनिने समाजसेवी केसीले लायन्स क्लवमार्फत विभिन्न स्वास्थ्य सहित सामाजिक गतिविधिलाई समेत जिल्लामा भित्राएका थिए ।

त्यस्तै उनले हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित ओमकुमारी शान्ती पुनको उपचारको अभियानको नेतृत्व समेत गरेका थिए । उनको नेतृत्वमा लाखौं आर्थिक संकलन गरिएको थियो । पुनको मृत्यु भएपछि स्थापित ओमकुमारी शान्ति कोषले म्याग्दीका १ सय ३० भन्दा धेरै विरामीको उपचारमा सहयोग जुटाएको छ । ‘सम्मानबाट खुसी छु,‘सामाजिक संघसंस्थामा जोडिएकाले अभियान रोकिदैन’ केसीले भने । उनलाई लान्यस क्लवले समेत अन्तराष्ट्रियस्तरको अवार्डले सम्मान गरेको थियो ।

बेनिअनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: