गायक राजेश पायल राईको घरमा आगलागी, जले अवार्ड र प्रमाणपत्र

गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीबाट के कति क्षतi भएको छ भन्ने विवरण आइसकेको छैन ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् ।

यतिबेला साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर छन् ।

आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।

‘म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन .. मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ..अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् .. म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे’, आगलागीपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: