जापानमा एक नेपालीको निधन

टोकियो- जापानमा एक नेपालीको उपचारकै क्रममा निधन भएको छ ।बाग्लुङ जिल्ला घर रोजगारीका क्रममा जापानमा रहेका ४१ बर्षिय गंगा थापाको आइतबार दिउँसो निधन भएको हो ।

बाग्लुङ गल्कोट नगरपालिका वडा नं ७, मल्म स्थायी घर रहेका थापा विगत १४ वर्ष देखी जापानमा बसोबास गर्दै आएका थिए । थापाको उपचारको क्रममा निधन भएको परिवार श्रोतले बताएको छ । उनी जण्डिस रोगको उपचारका लागि हस्पिटल भर्ना भएका थिए । उनको २ हप्ताअघि उएनोस्थिट रेष्टुरेन्टमा काम गर्दैगर्दा एक्कासी बेहोस् भएपछि सिन्ज्युकुस्थित हस्पिटल ल्याइ उपचार भैरहेको थियो ।

जापानको सिन्जुकुमा बस्दै आएका उनको दाहसंस्कार जापानमा नै गरिने भएको छ । मृतक थापाका एक छोरा, एक छोरी र श्रीमति छन् ।

थापानको अन्तिम दाहसंस्कार यही सेप्टेम्बर १८ तारिखका दिन तल उल्लेखित स्थानमा जापानमानै गरिने भएकाले उपस्थितिका लागि सम्पुर्ण जापानबासी दाजुभाई दिदी बहिनीहरुलाई परिवारजनले आग्रह समेत गरेका छन् ।

दाहसंस्कार हुने स्थानः
Kirigaya Funeral Hall, 5-32-20,
Nishigotanda, Shinagawa-Ku, Tokyo,141-0031

किरीगाया साईजो
– फुदोमाए स्टेशनबाट ५ मिनेट
– गोतान्दा स्टेशनबाट १० मिनेट
– १ बजे भित्र पुगिसक्नुपर्ने

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: