अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारको हरितालिका तिज भब्यताका साथ सम्पन्न।

अन्तरास्ट्रिय रोल्पाली सेवा समाज कतारद्वारा नेपाली नारीहरुको महानचाड हरितालिका तिज कतारमा हिजो ३० अगस्ट शुक्रबारको दिन कतारको सनैया स्थित ह्वाईट हाउस रेस्टुरेन्टमा भन्यताका साथ सम्पन्न भएको छ।

पछिल्लो समय प्रबासमै रहेर पनि समाजको बृहत्तर उन्नती प्रगती र परिबर्तन साथै गरिब दुखी पिडितको सहारा बनेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारका अध्यक्ष केशबराज खड्काको सभापतित्वमा सम्पन्न भएको थियो।त्यसैगरी समाजका ब्यक्तित्वहरु प्रमुख सल्लाहकार गणबहादुर डागी,सस्थाका संरक्षक तथा आर्थिक सल्लाहकार गोपाल डागी,कोषाध्यक्ष दिपेन्द्र डागी,प्रमुख सुचना तथा प्रबक्ता बल बहादुर ओली,बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएत करिब दुईसय नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

विशेष गरि नारीहरुको महान चाड भएको हुँदा प्रबासमै रहेर पनि न्यास्रो महसुस नहोस र चेली माईतिको सम्बन्ध प्रगाढ रहिरहोस भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष केशबराज खड्काद्वारा दर खुवाईएको हो।बिशेष गरि चेलिहरुको मौलिक परम्परागत महान चाड भएकोले आफ्नो मौलिक सस्कृतिलाई समेत संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने दायित्वबोध गरेको उक्त कार्यक्रममा मौलिक नाच गीत गायर भरपुर मनोरञ्जन गरिएको थियो।

करिब दस जना बाट शुरुवात गरिएको समाजमा करिब सयौ रोल्पालीहरुको सहभागिता रहेको छ।तिज बिशेषलाई थप उत्साही तथा रमाइलो बनाउन “लक्की ड्र” समेत खोलिएको थियो।उक्त लक्की ड्रमा उपहार बिजेताहरुमा पहिलो पुरस्कार : राजु थापा (अप्पो) मुबाईल,दोस्रो पुरस्कार समाजका सक्रिय सदस्य खुम बहादुर थापा मगर ( samsung) मुबाईल,तेस्रो पुरस्कार : रेखा के. सि ( जेन्स) घडी,चौथो पुरस्कार : पदम श्रेष्ठ गुल्मी ( जेन्स) घडी,पाचौं पुरस्कार :चेतमान बिष्ट (जेन्स) घडी रोल्पा,छैठो पुरस्कार : सितरा (जेन्स) घडी, सातौ पुरस्कार : समाजका ( सूचना प्रवक्ता) बल बहादुर वली ( लेडिज) घडी ),आठौं पुरस्कार :नवीन रोका मगर ( लिडिज) घडी, नवौं पुरस्कार : गौकर्ण दनुवार ( लेडिज) घडी र दसौं पुरस्कार :कासिराम (लेडिज) घडी हात पार्न सफल भएका थिए।

कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल बनाउन अहोरात्र खट्दै अहम भुमिका निर्बाह गर्नेहरुमा आर्थिक ब्यबस्थापनमा ताबिराम घर्ती,जित परियार ,गाडी ब्यबस्थापनमा कुमार दशौदी,नन्द डागी र तुल बहादुर वली, कलाकार संयोजक मान्सिङ परियार लगाएत कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान दिनुहुने सम्पुर्णमा धन्यबाद दिदै सभापती केशबराज खड्काले कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने स्वागत मन्तब्य प्रमुख सल्लाहकार गण बहादुर डागी र कार्यक्रमको सहजीकरण ठगेन्द्र ओलीले गरेका थिए।

मुग्लानि खबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: