प्रेम बानियाँ भन्छन -आत्महत्या गरेको मान्छेको भिडियो ‘इडिटेड भर्सन’ मा सार्वजनिक गर्ने कुन प्रहरी अधिकारी हो ?

रबिजी Rabi Lamichhane प्रकरणमा प्रचलित कानुनको सम्मान गर्दै …

नम्बर १, आत्महत्या गरेको मान्छेको पकेटभित्रको मोबाइलमा रहेको भिडियो ‘इडिटेड भर्सन’मा सार्वजनिक गर्ने कुन प्रहरी अधिकारी हो ? उसलाई कारबाही हुनुपर्छ कि पर्दैन ? यो त अनुसन्धानको विषय थियो र प्रहरी अधिकारीबाहेक अरु कसैले यो सार्वजनिक गर्नै सक्दैन/मिल्दैन ! यदि अपराध पुष्टि भयो भने मात्रै प्रहरीले यसलाई सार्वजनिक गर्न पाउने अन्तर्राष्ट्रिय प्रचलन किन भुलियो ? कुल २३ मिनेटको भनिएकाे भिडियोमा खोई बाँकी भिडियो ? अरु पनि त आरोपित हुनसक्छन् ?

नम्बर २, भोलि, कोही कसैले कथम्कदाचित, प्रधानमन्त्री ओली, प्रचण्ड वा देउवाका नाममा तिम्रा कारण मैले आत्महत्या गरेको हूँ भनेर पासो लगायो भने उहाँहरु जेल जानुपर्छ कि पर्दैन ?

नम्बर ३, जनहितसम्वन्धि कार्यक्रम प्रशारणको अन्तिम तयारीमा रहेकावेला एउटा पत्रकारलाई कार्यक्रम नै प्रस्तुत गर्न नदिई न्यूजरूमबाट केवल डेढ घण्टाअगाडि टेलिभिजन स्टेशनमै गएर पक्राउ गर्दा के त्यो न्यायिक हुन्छ ? जबकि उसले सार्वजनिकरुपमा भनिसकेको छ ‘यदि म दोषि ठहरिए कानुनबमोजिम कारबाही भोग्न तयार छु ।’ भोलि फेरि कसैलाई यस्तै पर्यो भने … ???

नम्बर ४, नेपाली पत्रकारितामा यो ‘ग्याङ्फाइट’को इतिहासले नेपाली समाजलाई अति-तल गिराएको छ, यसमा हाबि अतिवाद् रबिजी बिरोधी र समर्थकले समाजको रंग कुरुप देखिएको छ ! अब एउटा बिन्दूमा हामी सबै मिलौं । पत्रकारिता अब सूत्रभन्दा माथि आयो कृपया, सबैले बुझौं ।

यी चार सवालहरुका साथ हामी संसारभरबाट बोल्न तयार छौं । के यी प्रश्नहरु गलत छन् ? अब दुनियाँ साँघुरो भइसक्यो । हामी न्यायका निम्ति जहाँसुकैबाट बोल्न तयार छौं ।

कृपया रबिजीलाई ‘अतिदेवत्वकरण र अति राक्षसिकरण नगरौं’ संयमतापूर्वक सम्मानित अदालतको निर्णयको प्रतीक्षा गरौं ।

साभार – प्रेम बानिया

Leave a Reply

Scroll to Top
%d bloggers like this: