तेश्रो खेलमा पनि सन्दिपलाई एक विकेट मात्र

क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी अन्तर्गत टोरन्टो न्याशनलको लागि आफ्नो तेश्रो खेलमा पनि नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले एक विकेट लिएका छन् ।

मोन्टरियल टाईगर्ससँगको खेलमा पनि सन्दिपले एक विकेट मात्र हात पारेका हुन् । सन्दिपले तेश्रो ओभरको तेश्रो बलमा तीन बलमा छ रन बनाएका स्कट कुग्गेलेइनलाई पेभेलियनको बाटो देखेका हुन् ।

सन्दिपले आजको खेलमा मात्र तीन ओभर बलिंग गर्न पाए भने २५ रन खर्चिए । पहिलो र दोश्रो ओभरमा समान ९-९ रन खर्चिएका सन्दिपले तेश्रो तथा अन्तिम ओभरमा मात्र सात रन खर्चिए । सन्दिपले तेश्रो ओभरमा एक छक्का र एक सिंगल खाए ।

सन्दिपको दोश्रो ओभरको पहिलो बलमा नै दिनेश चन्दिमलको बलमा एज लागे पछि विकेट किपरले समाते पछि क्याच आउटको अपिल गरेका थिए तर अम्पायरले नट आउट दिए । त्यस लगत्तैको बलमा चंदिमलले लंग अनमा छक्का प्रहार गरे । त्यस पछिको सन्दिपको तीन बलमा मोन्टरियलका ब्याट्सम्यानले तीन सिंगल लिए भने एक डट बल रह्यो ।

टोलीको लागि पाँचौं तथा आफ्नो पहिलो ओभरमा सन्दिपले दुई चौका र एक सिंगल खर्चिए भने बाँकी तीन बलमा मोन्टरियलका ब्याट्सम्यानले कुनै पनि रन जोड्न सकेनन् । पहिलो बल डट गरेका सन्दिपको दोश्रो बलमा कायल कोएट्जरले एक सिंगल लिए । त्यस पछि ब्याटिंगमा आएका म्याथ्यु क्रसले तेश्रो र चौथों बलमा कुनै रन जोड्न सकेनन् भने सन्दिपको अन्तिम दुई बलमा लगातार दुई चौका प्रहार गरे ।

साभार क्रिकेटिङ नेपाल

Leave a Reply

Scroll to Top
%d bloggers like this: