सपना पूरा नभए गन्तव्य बदल्नुस्, सिद्धान्त होइन ( २५ महावाणि)

काठमाडौं। त्यस्ता केही महावाणि हुन्छन्, जसले तपाई हाम्रो जीवन बदलिदिन्छ। विश्वप्रसिद्ध व्यक्तिहरुका भनाइहरु जीवन भोगाइसँग गाँसिएका हुन्छन्। महावाणिहरु सिद्धान्त मात्र होइनन्, जीवन भोगाइका क्रममा पैदा भएका व्यवहारिक संश्लेषण हुन्। हामीले २५ महावाणि प्रस्तुत गरेका छौं, जुन महावाणिले तपाईको जीवनमा पनि लक्ष्यमा पुग्ने संकल्पका लागि बल मिल्दछ। आउनुस्, हाम्रो जीवनका लागि उर्जा र प्रेरणा दिने २५ महावाणि पढौं र जीवनका लागि प्रेरणा लिउँ।

एक, रिसको उल्टो सरी पनि हुन्छ। कहिलेकाँही उल्टो बोल्दा नि फाइदा हुन्छ। २. मेरो एउटा पनि शत्रु छैन, शत्रु देख्यो कि मैले सिध्याइहाल्छु उसलाई साथी बनाएर। ३. शहरमा घरहरू नजिक नजिक हुन्छन्। तर, मनहरू टाढा टाढा हुन्छन्, गाउँमा घरहरू टाढा–टाढा हुन्छन्। तर, मनहरू नजिक नजिक हुन्छन्। ४. शहरमा घरहरू पक्का हुन्छन्। तर, सम्बन्ध कच्चा हुन्छन्, गाउँमा घरहरू कच्चा हुन्छन्। तर, सम्बन्धहरू पक्का हुन्छन्।

पाँच, मानिसहरू तब मात्र तिम्रो हात समाउँछन् जब उनीहरूलाई थाहा हुन्छ कि तिमी एक्लै पनि अगाडि बढ्न सक्छौं। ६. दुनियामा एउटा पनि समस्या नभएको मान्छे को होला ? एक जना रैछ। तर, ऊ आर्यघाटमा जल्दै थियो। ७. क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई एउटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यही सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ। यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि एउटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस् कि तपाईंको दिमागबाट पनि आगो बर्सियोस्।

आठ, कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य। तर, सही समयमा सहि निर्णय लिँदा उनीहरु असाधारण बन्छन्, यो एउटा कला हो। ९. मानिस भएर कहिल्यै हिम्मत हार्नु हुँदैन, किनकी पहाडबाट निस्केको नदीले कहिल्यै कसैसँग सोधेको छैन कि समुन्द्रमा कहाँ पर्छु ? १०. नदीमा हामफाल्दैमा कसैको मृत्यु हुँदैन। मृत्यु त तब हुन्छ, जब पौडिन आउँदैन, परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या त तब बन्छ, जब हामीलाई परिस्थितिसँग जुध्न आउँदैन।

एघार, परिस्थिति आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउनतिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडीको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ। १२. यदि सपना पूरा भइरहेको छैन भने बाटो बदल्नुस्, सिद्धान्त होइन। किनकी रुखले हमेशा पात बदल्ने गर्छ, जरा होइन। १३. जीवनमा जति नै दुख परेपनि कहिल्यै नआत्तिनु किनकि बिहान हुनका लागि उषाका किरणसँगै शितका थोपा झर्नुपर्छ अनि खुशी हुनका लागि दुई नयनबीच ऑशुका थोपा बग्नुपर्छ।

चौध, लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ। तर, आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ। १५. तिमी कसैको कामको त्यो बेला आलोचना गर, जब तिमी ऊभन्दा अब्बलसँग काम गर्न सक्छौं। आलोचना भनेको आगो जस्तो हुनुभएन, जसले कागजलाई नै खरानी बनाओस्, बरु कैंचीजस्तो होस्, ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस्।

सोह्र, हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु। यही नै तिम्रो विजय हो। यसलाई तिमीबाट खोस्न सकिँदैन न परीद्वारा न प्रेतद्वारा। १७. देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिँदैनन्। १८. जो भुइमा सुत्दछ, ऊ खाटबाट खस्न सक्दैन। १९. मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस्, हृदय ढुङ्गा भइसकेको छैन। २०. कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्, नयाँ हुँदा खासै टेस पर्दैन। तर, जति बासी भयो त्यति नै मिठो।

एक्काइस, मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो। २२. असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन्। २३. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ। २४. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो। २५. हामीलाई लामखुट्टेले होइन, हाम्रै अल्छ्याइले टोक्छ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: