एनआरएनए जापानको सचिवमा रावलको उम्मेद्वारी घोषणा

जापान,२१ साउन/गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ कार्यकाल (२०१९–२०२१) का लागि लालबहादुर रावल आशिषले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सुदूरपश्चिमान्चल समाज जापानका अध्यक्ष समेत रहिसक्नुभएका रावल जापानमा नेपालको पर्यटन प्रर्वधनका लागि सक्रिय हुनुहुन्छ ।

रावलले आफ्नो उम्मेदवारीको घोषणा गर्दै प्रवासमा रही एक नेपालीले अर्को नेपालीप्रति गर्नुपर्ने सद्भभाव र सहयोग निरन्तर जारी रहने बताउनुभयो । उहाँले एनआरएन जापानको वर्तमान कार्यसमितिमा रहेर कामसमेत गरिसक्नुभएको छ ।

आफूले गरेको अध्ययनको उचित रुपमा संस्था र देशको हितमा हुने कार्यहरुमा अत्यन्त लगनशील भएर लाग्ने प्रण गर्दै उहाँले आउने दिनहरूमा आफूलाई प्रवासी नेपालीहरूको सबैभन्दा ठुलो साझा संस्था एनआरएनएमा रहेर प्रवासी नेपालीको सल्लाह र सुझाबलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

साभार सुदूरसन्देश

Leave a Reply

Scroll to Top
%d bloggers like this: