NRN जापान गुन्मा क्षेत्रका संस्थापक संयोजक रीसालद्वारा केन्द्रीय सचिवमा उमेद्वारी दिने घोषणा

एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिका संस्थापक संयोजक महेश्वर रीसाल (महेश) ले आगामी कार्यकाल आफु केन्द्रिय समितिमा उमेद्वारी दिने घोषणा गरेका छन् । संस्थापक हुदै दोस्रो कार्यकाल पनि क्षेत्रीय संयोजक रहेका रीसालले  तेस्रो अधिबेशन सम्पन्न गरी आफ्नो संयोजकको जिम्मेबारी सकिने बितिक्कै केन्द्रिय समितिको सचिब(क्षेत्र) पदमा उमेदवारी घोषणा गरेका हुन् ।


केन्द्रिय समितिसँग क्षेत्रीय समितको समन्वय गराउनको लागी नै आफुले  उमेद्वारी दिने बताउनु भएका रीसालले अहीलेसम्म आफुले गरेका सामाजिक कार्यहरूनै आफ्नो बलीयो पक्ष भएको बताउनु भएको छ ।
लामा र धेरै बुँदाका चुनाबी नारा भन्दा पनि संस्थामा आफुले सकेको काम गर्ने र नेपाली समुदाय माँझ एनआरएनए जापानलाई लोकप्रिय बनाउनको लागी सकारात्मक भुमिका निर्वाह गरी नेतृत्वलाई सघाउनको लागी आफुले उमेद्वारी घोषणा गरेको बताउनु भएको छ ।

स्थानीय जापानी समुदायमा पनि आफ्नो समाजिक परिचय बलीयो बनाउनु भएका रीसालका सामाजिक गतिविधिहरू जापानी स्थानीय तथा राष्ट्रीय पत्रिकाहरूले समेत स्थान दिने गरेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: