कपडा बैंकको विस्तार व्यापक बन्दै , चितवनमा पनि पहिलो पटक सुरु भयो कपडा बैंक अभियान

चितवन, साउन १५ – पछील्लो समय प्रभावकारी भईरहेको कपडा बैंक चितवनमा पनि शुरु भएको छ । सामाजिक जागरण युवा क्लबले चितवनबाट आज (बुधबार) बाट कपडा बैंक सन्चालनमा ल्याएको हो । चितवनको रन्तनगरमा रहेको सौराहचोकमा उक्त कपडा बैंक सन्चालनमा आएको हो ।

आजबाट सन्चालनमा आएको उक्त कपडा बैंकमा जो कोहीले पनि आफुले प्रयोग नगरेका लुगा,जुत्ता, ब्याग लगायतका समानहरु सहयोग गर्न सक्नेछन् । त्यस्ता सामनहरु जो कसैले पनि कपडा बैंकमा जम्मा गर्न सकिने सामाजिक जागरण क्लबका कार्यक्रम संयोजक नेत्र गुरुङले  जानकारी दिए ।

यो अभियानका लागि स्थानिय सुमन थापाले कपडा स्ट्याण्ड उपलब्ध गराएका छन् ।उनले आफ्नो हजुरबुवा र हजुरआमाको सम्झनामा उक्त कपडा स्ट्याण्ड उपलब्ध गराएका हुन् । कपडा बैंकमा जम्मा भएका सामानहरु आवश्यकता अनुसार नि:शुल्क लैजान सकिने क्लबका कार्यक्रम संयोजक गुरुङले बताए ।

गुरुङले कपडा बैंकमा कपडा, जुत्ता, झोला लगायतका सामनहरु जम्मा गरी सहयोग गर्न सबैलाई आग्रह गरे । उनले यो अभियान कोही पनि नाङ्गो बस्न नपरोस् भन्ने उद्देश्यका साथ सुरु गरिएकोले सहयोग गर्न सबैलाई आग्रह गरे ।कपडा बैंकमा आजैबाट कपडा जम्मा हुन शुरु भएको छ ।

 

साभार – एटुजेड समाचार

Leave a Reply

Scroll to Top
%d bloggers like this: