प्रतिभा माविकी पाण्डेले गरिन ब्यवस्थापन संकायमा नेपाल टप

राष्ट्रिय परीक्षा बोर्ड –२०७५ मा सञ्चालित कक्षा १२ को परिक्षामा पोखराको प्रतिभा माविकी शुरती पाण्डेले ब्यवस्थापन संकायमा नेपाल टप गरेकी छन् । सोमबार सार्वजनिक भएको नतिजामा ३.९८ जीपीए सहित देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका निर्देशक किरण सापकोटाले बताए । ‘ब्यवस्थापन संकायमा सर्वोत्कृट नतिजा प्राप्त भएको छ,‘पाण्डे मेधावी छात्रा हुन्’सापकोटाले भने ।

उनका अनुसार विद्यालयबाट विज्ञान संकायमा समेत ३.७९ जीपीय प्राप्त गरेका छन् । गण्डकी प्रदेशमा प्रतिभा विज्ञान संकायमा विद्यार्थीको छनौटमा परेको विद्यालय मानिन्छ ।  जिल्लाबाट सर्वोत्कृष्ट नतिजा ल्याउने विद्याथीैका समेत रोजाईमा पर्ने गरेको छ । हरेक बर्ष कक्षा ११ र १२ मा प्रतिभाले देशभरमै प्रतिस्पर्धा गर्न सक्ने नतिजा ल्याउने गरेको छ । गतबर्ष प्रतिभाबाट विज्ञान र ब्यवस्थापन संकायमा ४८० जना विद्यार्थीले परिक्षा दिएका थिए । ब्यवस्थापन र विज्ञान संकायको प्रवेश परिक्षामा करिव ८ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाउने गरेका छन् ।

साभार – बेनी अनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: