माइला लामाको गिरफ्तारीविरुद्ध विप्लव नेतृत्वको नेकपाले घोषणा गर्यो संघर्षका कार्यक्रम

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीका नेता माइला लामाको गिरफ्तारी विरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । आज सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै साउन ११ गतेदेखि १५ गतेसम्मका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

संघर्षका कार्यक्रमहरुमा साउन ११ गते प्रचार प्रसार, साउन १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकार्वाही, १४ गते मसाल जुलुस, १५ गते वाग्मती, नारायणी र जनक्पुरभित्र जिल्लाहरु बन्दको घोषणा गरिएको छ । जसअन्तर्गत दोलखा र रामेछापमा पनि बन्द गरिने जनाइएको छ । विज्ञप्तिमा सरकारको आततायी र निरंकुश गिरफ्तारी एवम् दमनको घोर भ्रत्सना समेत गरिएको छ ।

सो पार्टीका उपत्यका इन्चार्ज समेत रहेका माइला लामालाई गत साउन ४ गते काठमाडौंको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो । लामालाई बम विष्फोट लगायतका मुद्धा दायर गरी नख्खु जेल चलान गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: