टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्याउन टिम डेभिडले ७७ रन बनाए ।
यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए ।
नेपालका लागि अभिनास बोहराले चार विकेट लिए । उनले चार ओभरमा ३५ रन र करण केसीले २ विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्ने छ ।
