इस्लामिक स्टेटले लियो श्रीलंकामा बम विष्फोटको जिम्मेवारी

आइतबार तीन सयभन्दा बढीको ज्यान जाने गरि श्रीलंकामा भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ।इस्लामिक स्टेटको समाचारसंस्था अमाकले मंगलबार जारी गरेको बुलेटिनमा आफ्ना लडाकुहरूले वम विष्फोट गराएको उल्लेख छ।

उक्त बुलेटिनका अनुसार बम हमलाको निशाना क्रिश्चियन र विदेशीहरू थिए। आइतबार श्रृंखलावद्ध ८ बिस्फोटमा परी ३ सय १० जनाको  मृत्य भएको छ भने पाँच सय जना घाइते भएका छन्।   मृत्यु हुनेहरूमा बेलायती, भारतीय र जापानी नागरिक पनि रहेको बताइएको छ।

घटनाको दुईदिनपछि इस्लामिक स्टेटले जिम्मा लिएको हो। श्रीलंका सरकार प्रवक्ताले घटनाका पछि अन्तर्राष्ट्रिय आतंकवादी समूहको हात रहेको बताएका थिए।  प्रहरीले घटनामा संलग्न भएको आरोपमा २४ जनालाई पक्राउ गरेको थियो। श्रीलंकाका रक्षा मन्त्री रूवान विजेवर्दनेले पक्राउ परेकाहरू धार्मिक अतिवादीहरू भएको बताएका थिए। तर उनीहरू कुन समूहका हुन् भन्ने खुलाएका थिएनन्।

Leave a Reply

Scroll to Top
%d bloggers like this: