आर्मीका कप्तान श्रेष्ठ कारबाहीमा

त्रिभुवन आर्मी क्लबका भलिबल खेलका कप्तान मानबहादुर श्रेष्ठले आठाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नपाउने भएका छन् ।क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिता खेल्न जापान गएपछि आर्मीले कप्तान श्रेष्ठलाई आठौँ राष्ट्रिय खेलकुदमा सहभागी नगराउने भएको हो ।आर्मीले आठौँ राष्ट्रियका लागि गराएको खेलाडी दर्तामा श्रेष्ठको नाम समावेश छैन ।

आर्मीका मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले महत्वपूर्ण खेलअघि श्रेष्ठ देशबाहिर गएकाले कारबाहीस्वरुप उनलाई आठौँ राष्ट्रियमा समावेश नगरिएको बताउनुभयो । क्लबमा अनुमतिका लागि पत्र आएको भए पनि ठूलो प्रतियोगिताअघि श्रेष्ठलाई विभागले जापान जान अनुमति दिएको थिएन । नेपाली राष्ट्रिय टोलीका स्पाइकर श्रेष्ठ  पाँचौँ सिल्भर रनिङ कप भलिबल खेल्न गएकाे सोमबार जापान गएका थिए । उनी आज नेपाल फर्केका छन् ।

गल्कोट स्पोर्ट्स क्लब टोक्योको आयोजनामा भएको त्यस प्रतियोगिता बुधबार सम्पन्न भएको छ । एकदिने प्रतियोगितामा श्रेष्ठले ‘म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानबाट खेलेका थिए । श्रेष्ठले आर्मी क्लबले बोलाए आफू आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगञ्ज जान तयार भएको बताए । बाँकेको खजुरामा पुरुष भलिबल प्रतियोगिता भइरहेको छ । Source: ujjaloonline

Leave a Reply

Scroll to Top
%d bloggers like this: