आठौं राष्ट्रिय खेलकुदः कराँतेमा पुलिस बन्यो च्याम्पियन

नेपाल पुलिस आठौं राष्ट्रिय खेलकुद कराँते प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ।दाङको तुलसीपुर ६ गाइडहरस्थित कर्भडहलमा मंगलबार भएको प्रतियोगितामा नेपाल प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक जित्दै टिम च्याम्पियन बनेको हो।

नेपाल आर्मी ३ स्वर्ण, ३ रजत र ४ कास्यसहित द्वितीय बनेको छ भने ३ नं. प्रदेश २ स्वर्ण १ रजत र १ कास्य पदकका साथ तृतीय बनेको छ। प्रतियोगिताको महिला /पुरुष कुमुते (कातामा) गरी कुल ६८ पदकको लागि प्रतिस्पर्धा गराइएको थियो।वैशाख ५ बाट सञ्चालन भएको प्रतियोगितामा विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको एपिएफ, सात वटै प्रदेश र एनआरएनको सहभागिता रहेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: