सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट् मा छ । उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो।

आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ। त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन्।दिल्लीले रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: