अष्ट्रेलियामा अलपत्र विद्यार्थीहरुको उद्धार कसले गर्ने ?

व्याचलर इन नर्सिङको अनुमति नै नभएको अष्टे«लियन इन्स्टिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी एआइबीटीमा विद्यार्थी पठाउने नेपालका कन्सल्टेन्सीका विषयमा नेपाल सरकार, शिक्षा मन्त्रालयले गम्भीर देखिएको छैन ।एआबीटीले अष्टेलियन नर्सिङ काउन्सिलबाट नर्सिङ अध्ययन गराउने अनुमति नलिई कक्षा सञ्चालन गरेको थियो । र त्यही कलेजमा नेपालमा रहेको कन्सल्टेन्सीहरुले विद्यार्थी पठाएका थिए ।

यही बिषयमा छानविन गर्न शिक्षा मन्त्रालयले उच्च शिक्षा महाशाखा प्रमुख देवि कुमारी गुरागाँइको नेतृत्वमा एक हप्ता म्याद दिएर गठन गरेको छानबिन समितिको म्याद सकिएको छ तर प्रतिवेदन भनेको आएको छैन । संयोजक गुँरागाईले अनुसन्धानको काम नसकिएकाले प्रविवेदन तयार नभएको र म्याद थप गर्ने तयारी भएको बताउँछन् ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले भने प्रतिवेदन नआई बोल्न नमिल्ने बताउँछन् । कलेजले अनुमति पाउने आस्वासनमा अष्टे«लिया पुगेका विद्यार्थी अहिले कलेजले अनुमति नपाएपछि समस्यामा परेका थिए । यही कारण अष्टे«लियन सरकारले एआबीटी खारेज गरेको छ।

जसका कारण एआबीटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु समस्यामा छन् । अहिले कलेजले अदालतमा मुद्धा लडिरहेको छ । कलेजले मुद्धा हारेको खण्डमा नेपाली विद्यार्थीहरुको क्षतिपूर्तिसहित शुल्क फिर्ता हुनेछ । तर कलेजले मुद्धा जितेको खण्डमा नेपाली विद्यार्थी थप समस्या पर्ने छन् । अष्टे«लियामा रहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठन सिसाका अध्यक्ष बिजय सापकोटाले भने अहिले कलेज मुद्धा लडिरहेकाले पर्ख र हेरको अवस्थाम बस्नु परेको बताएका छन् ।

नेपालबाट विद्यार्थी पठाउने कन्सल्टेन्सीहरु भने विद्यार्थीको समस्या समाधानका लागि प्रतिनिधि अष्टे«लियामा रहेको दाबी गर्दै आएका छन् । विद्यार्थीका अनुसार कन्सल्टेन्सी सञ्चालकहरुले विद्यार्थीलाई दोषी देखाउनका लागि परेको गुनासो गर्छन् ।नेपाल सरकार शिक्षा मन्त्रालयको छानबिनमा आएको ढिला सुस्तीले समेत कन्सल्टेन्सीकै पक्षपात गर्न लागेको हो कि भन्ने आशंका उब्जिएको छ । news24nepal.com

Leave a Reply

Scroll to Top
%d bloggers like this: