हिन्दुविरोधी अभिव्यक्ति दिएका मन्त्रीलाई हटाए इमरानले

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु विरोधी अभिव्यक्ति दिएका आफ्नै मन्त्रीलाई हटाएका छन् । पञ्जाव प्रान्तका सूचना र संस्कृतिमन्त्री फैयाज अल हसन चौहानलाई उनले पदबाट हटाएका हुन् ।चौहानले हिन्दुलाई गाईको मुत्र पिउने बताउँदै भारतले पाकिस्तानसँग टक्कर दिन नसक्ने बताएका थिए ।

चौहानको यो अभिव्यक्तिप्रति इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन साफ भित्रै पनि उनको आलोचना भएको थियो  अभिव्यक्तिपछि पञ्जावका मुख्यमन्त्री सरदार उस्मान बुजदारले चौहानलाई बर्खास्त गर्ने बताएका थिए, त्यसपछि उनले राजीनामा दिएका थिए ।मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन साफ पार्टीमा कुनै पनि प्रकारको भेदभाव नहुने उल्लेख गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: