बच्चा रोइरहेपछि एक आमाले मागिन् दुई सय यात्रुसँग माफी

तपाईलाई सार्वजनिक सवारीसाधनमा चढ्दा कहिल्यै बच्चा रुँदा असहज महसुस भएको छ । के तपाई दिक्क हुनुभएको छ । के रोइरहेको बच्चाले तपाईसँग माफी माग्ने गरेका छन् ? तर, कोरियाली नागरिकले यस्तै परिस्थितिको सामना गर्दै अनौठो उपाय अपनाइन्, जसले यात्रु दिक्क नमानी उनको प्रशंसा गरिरहे ।

यिनी कोरियाली नागरिक हुन् । उनी सियोलदेखि सान फ्रानसिस्को जान हवाइजहाजमा थिइन् । तर, उनको शिशु अस्वभावीक तरिकाले रोइरह्यो । उनले आफ्नो बच्चा १० घण्टाको हवाइ सफरमा रुने बारे जानकारी पक्कै थियो । त्यसैले उनले विमानमा सवार अन्य यात्रुलाई कुनैपनि असर नपरोस् भनेर उनले अनौठो तरिका अपनाइन् ।

उनले बच्चा रोएको खण्डमा यात्रुले बेहोर्ने हैरानीलाई ध्यानमा राखेर विमानका २ सय यात्रुलाई ‘केयर प्याकेज’ उपहार दिइन् । जसमा चक्लेट, क्यान्डी र एउटा कागजको टुक्रा राखिएको थियो । जहाँ सबै यात्रुसँग क्षमा मागिएको थियो ।आफ्नो बच्चाप्रति उनको व्यवहार र यात्रुप्रति उनको चासोलाई लिएर विमानमा सवार एक यात्रुले उनको यो कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमा सेयर गरिन् । जुन अहिले भाइरल भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: