केपी शर्मा ओलीले लिनुभयो प्रधानमन्त्रीको सपथ, साविककै पद तथा मन्त्रालयमा मन्त्रीहरु नियुक्त

बैशाख ३१ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेलले सपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई र पोखरेललाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिनुभएको हो । सँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति बन्नुभएको छ । ओली धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री वन्नुभएको हो ।मन्त्रीहरूमा पूरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: