वन्यजन्तुको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा १० जनाको मृत्यु

चितवन, वैशाख ३१ । चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ ।

हिजो निकुन्जको कोर इलाका दक्षिणि भूभागमा पर्ने बगाई माडी सेक्टर अन्तर्गत इछ्यानगर भन्ने स्थानमा हात्तीले आक्रमण गर्दा पर्सा जिल्ला ठोरी गाउपालिका वार्ड न २ निबासी वर्ष ६० का गोविन्द बहादुर राउतको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
राउत निकुन्जमा च्याउ टिप्न जादा हत्तिसंग जम्काभेट भएको हुनसक्ने आकलन गरिएको छ ।
राउत सँगै चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म निन्कुन्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो । ती मध्ये ३ वटा घटना हात्तीले आक्रमण गर्दा भएको छ । त्यसमा पनि २ जनाको जंगली हात्तीका कारण र एक जनाको घरपालुवा हात्तीकै आक्रमण हुँदा मृत्यु भएको थियो ।
गत चैत्र ८ गते भरतपुर महानगरपालिका १३ र यो घटना जंगली हात्तीका कारण र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक बिबिधता केन्द्र सौराहाको राजा गज नामको हात्तीले उसैको माहुतेलाई निकुन्ज्को पुर्बी क्षेत्रमा आक्रमण घरपालुवा हात्तीबाट भएको थियो ।

त्यस्तै बाघ र गैँडाको आक्रमणबाट ३/३ जनाको मृत्यु भएको छ । गौरी गाईबाट १ र बँदेलको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्म २३ जना घाइते भएका मध्ये १ जना हात्तिको कारण घाइते भएका थिए ।

गत आब २०७६/७७ मा भने ६ जनाले ज्यान गुमाएका थिए । ती मध्ये ३ जना हात्तिको आक्रमणले मृत्यु भएको थियो भने घाइते ३४ मध्ये हात्तिको कारण तीन जना घाइते भएका थिए । बन्दाबंन्दिको समयमा अनावस्यक रुपमा जंगल क्षेत्र प्रवेश नगरिदिन निकुञ्जले सम्पूर्ण जनसमुदायमा अपिल गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: