राष्ट्रपति कार्यालयले भन्यो, ‘प्रधानमन्त्री म हुँ भन्न कोही आएनन्’

बैशाख ३० । नेपालको संविधानको धारा ७६ उपधारा २ बमोजिम कसैले पनि प्रधानमन्त्रीको दावी पेश नगरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयले आज राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको थियो । तर समयसीमा सकिदा पनि कसैले दावी नरेपछि पुन प्रधानमन्त्रीमा केपी शर्मा ओलीनै नियुक्त हुने पक्का पक्की भएको छ ।
अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

ओली वैशाख २७ गते प्रतिनिधि सभामा भएको विश्वासको मतको मतदानमा आवश्यक बहुमत जुटाउन नसकेपछि पदमुक्त हुनुभएको थियो । उहाँको पक्षमा ९३ मत र विपक्षमा १२४ तथा १५ तटस्थ मत आएको थियो ।

विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिँदै बिहीबार राति ९ बजेसम्म आउन आह्वान गर्नुभएको थियो ।

प्रधानमन्त्री दाबी गर्न कोही आएनन्–राष्ट्रपति कार्यालय

Leave a Reply

Scroll to Top
%d bloggers like this: