प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको पक्षमा जम्मा ९३ आउँदा विपक्षमा १२४

वैशाख २७ । अन्तत प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ । विशेष अधिवेशन आह्वान गरी संसदबाट विश्वासको मत मागेपनि उहाँको पक्षमा ९३ मत मात्रै आएको थियो । विपक्षमा १२४ मत आएपछि उहाँ पदमुक्त हुनुभएको हो । मत दिन संसदमा २३२ जना सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।उपस्थित भएका मध्य १२४ जनाले विपक्षमा ९३ जनाले पक्षमा र १५ जना तटस्थ रहेका थिए ।
आफ्नै दल नेकपा एमालेको असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुको अनुपस्थितीसँगै अन्य दललाइ आफ्नो पक्षमा ल्याउन नसकेपछि संसदबाटै प्रधानमन्त्री ओली पदमुक्त हुनुभएको हो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी जसपा बाबुराम भट्टराई उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले विश्वासको मतको विपक्षमा मत हालेका थिए ।

वैशाख ३० गते अर्को बैठक बस्नेगरी आजको बैठक स्थगित भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: