चितवन, वैशाख २६ । चितवन उद्योग संघले नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार जिल्लामा खटिने पत्रकारहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री सहयोग गरेको अध्यक्ष राजु पौडेलले बताउनुभयो ।
अध्यक्ष पौडेलले महासंघ अध्यक्ष नारायण प्रसाद अधिकारीलाई पाँच हजार पिस मास्क, ९६ पिस सेनिटाइजर, १०० पिस फेस सिल्ड हस्तान्तरण गर्नुभएको थियो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्षलाई संघको बिधान बमोजिम प्रेस सल्लाहकारमा नियुक्ति गरिने व्यवस्था अनुसार नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीलाई चितवन उद्योग संघको प्रेस सल्लाहकारमा नियुक्त गरिएको पत्र समेत हस्तान्तरण गरिएको थियो ।