उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म लम्बियो

वैशाख २१ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जारी निषेधाज्ञा एक साता थप भएको हो । थप गरिएको समय निषेधाज्ञा थप कडा हुनेछ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ।यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: