गण्डकी र सुदूरपश्चिम प्र्रदेशमा नयाँ प्रमुख नियुक्त

वैशाख २० । नेपालमा राजनीतिक घटनाक्रम छिटो छिटो चलिरहेको छ । आज मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त हुनुभएको हो । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख हुनुहुन्थ्यो । उहाँहरु पदमुक्त हुनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: