कोरोना जोखिम बढेपछि प्रधानमन्त्री ओलीलाई सिसाको क्याबिन

वैशाख २० । कोरोना संक्रमण बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सिसाको क्याबिन बनाइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य सुरक्षामा विशेष सतर्कता अपनाइउदै उक्त क्याविन बनाइएको हो ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार बैठक कक्षमा सिसाले बनेको ‘क्याबिन’को प्रबन्ध गरिएको हो । बैठक कक्षमा प्रधानमन्त्री ओलीले गर्ने भेटका क्रममा प्रधानमन्त्री सिसाको क्याबिनभित्र बस्ने व्यवस्था मिलाइएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

‘मिर्गौला प्रत्यारोणपछि भेटघाटका क्रममा डाक्टरहरुकै सल्लाहमा संक्रमण हुन नदिन यस्तो पूर्वाधार बनाइएको थियो,’ थापाले भन्नुभयो, ‘यसअघि महामारी दर बढ्दा पनि प्रधानमन्त्रीज्यूको बैठक कक्षमा यो प्रयोग भएको थियो ।’

महामारी कम भएको बेला झिकिएको सिसाको क्याबिन पछिल्ला दिनमा फेरि राखिएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: