नारायणीकलीले छावा पाई

वैशाख २० । चितवन राष्ट्रिय निकुञ्जको सौराहा स्थित खोरशोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र मा नारायणीकली हात्तीबाट छावा (भाले)जन्मिएको छ । आज विहान २ बजेतिर जन्मिएको छावा र सुत्केरी हात्तीको अवस्था स्वस्थ रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा यो दोस्रो बच्चा हो । सुत्केरी हात्तिको स्याहारका लागि ३ जना हात्तिसार कर्मचारी खटाइएको छ ।

नारायणीकली हात्ती निकुन्जकै बगाई माडी सेक्टर कार्यालय माडीमा खटिएको बेला गर्भवती भएपछि खोर सोर प्रजनन् केन्द्रमा राखेर स्याहार सुसार गरिदै आएको निकुञ्जले जनाएको छ। नारायणी कलि हात्तीले यसअघि माडी गज र लक्की गज नामका दुइ हात्तीलाई जन्माएको थियो । दुवै हात्ती गैंडा गणनामा समेत सहभागी थिए ।

खोरसोर मा यो नवजात छाबा हात्ती संगै १० वटा बच्चा हात्ती पुगेका छन् । निकुन्जमा ५१ वटा चितवन तर्फ र ६ कोशी टप्पु बन्यजन्तु आरक्ष बाट कामकाजमा खटिएका गरि जम्मा ५७ वटा हात्ती पुगेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: