ठिमुराको पुलबाट खसेर बेपत्ता दुई मध्य एक मजदुरको शव फेला

चितवन, वैशाख १५ । चितवनको भरतपुर स्थित ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्कीपुल निर्माणका क्रममा त्रिशुली नदीमा खसेर वेपत्ता एक मजदुरको शव फेला परेको छ । भारतको बेतीया जिल्ला वस्ने वर्ष २३ का सुजित माझिको शव भेटिएको प्रहरी निरीक्षक रघु विष्टले जानकारी दिनुभयो ।
यही वैशाख १२ गते चितवनको ठिमुरा र देवघाट जोड्ने उक्त निर्माणाधीन पक्कीपुलको स्टिलको स्पान पुरै नदीमा खस्दा दुई मजदुर वेपत्ता भएका थिए । बेपत्ता भएका सुजित माझी र श्यामबाबु पाठक मध्य माझीको शव आज स्थानीयले देखेका थिए । विहान करिव साँढे ९ बजेतिर घटनास्थलको करिव ५ सय मिटर तल नदीको वीच ढुँगामा अड्किएको अवस्थामा शव भेटिएको विष्टले बताउनुभयो । सेफ्टीवेल्टनै शरिरमा रहेको र टाउकोमा चोट देखिएको छ । उनको मुचुल्का बनाई पोष्टमार्टका लागि भरतपुर अस्पताल पठाइने विष्टको भनाई छ। पाठकको अझै खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
ट्रससंगै नदिमा खसेर एक मजदुरको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए । ८ जना घाइते भएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: