भारतमा हाहाकार हुँदै संक्रमितको मृत्यु भइरहदा नेपालको गैँडाकोटमै अक्सिजन प्लान्ट

वैशाख १५ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) नवलपुरले गैँडाकोट ८ मा रहेको अक्सिजन प्लान्टको आज निरीक्षण गरेको छ। अक्सिजन उत्पादन गरिरहेको सिद्धिविनायक अक्सिजन ग्यास फ्याक्ट्रीमा पुगेर त्यहाँ उत्पादीत ग्यासको गुणस्तर र उत्पादन क्षमतावारे जानकारी लिएको हो । नवलपुरमा डरलाग्दो अवस्था नआएको भएपनि सहज उपचार पाउने गरी सवै व्यवस्थापन गर्न केन्द्र सक्रिय रहेको हो । गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले वैशाख ११ गते आइसोलेसन केन्द्र संचालन सम्वन्धमा गरेको पत्राचारलाई कार्यान्वयनमा लैजाने गरी काम भइरहेको हो ।


छिमेकी राष्ट्र भारतमा अक्सिजनको अभावमै कोरोना संक्रमितको मृत्यु भइरहेको दरदनाक दृश्यहरु आइरहेका छन् । कोरोना संक्रमित गम्भिर अवस्थामा पुग्दा सवैभन्दा पहिला आवश्यक पर्ने अक्सिजन ग्यास र यसको उत्पादन क्षमतावारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई, जिल्ला समन्वय समिति प्रमुख चेसराम आले सहितको टोलीले फ्याक्ट्रीको निरीक्षण गर्दै ग्यास आपूर्तिमा नवलपुर जिल्लालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएको छ । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी पंगेनीले भन्नुभयो,“कोभिड १९ को दोस्रो लहर वढि खतराजनक रहेकाले भोलि आउन सक्ने गम्भिर संकटको सामना गर्न सक्रियता बढाएका हौँ । पूर्व तयारी गरिरहेका छौँ । भारतमा देखिएका दृश्यले अझ वढि चिन्तीत बनाएकोले आज अक्सिजन ग्यास फ्याक्ट्रीमा आएका हौँ । कोभिड १९ ले गम्भिर अवस्थामा पुर्याउँदा पहिला आवश्यक अक्सिजन ग्याँस प्लान्ट यही जिल्लामा हुनु अर्को गौरवको कुरा छ । हामीले पहिलो प्राथमिकतामा नवलपुरलाई राख्न भनेका छौँ । ”
ग्यास उत्पादनको क्षमता र सिलिण्डरको संख्या लगायतवारे जानकारी लिएपछि सेटिस्फाई हुने अवस्था रहेको उहाँको भनाई छ। प्m्याक्ट्रीको दैनिक १५० वटा ग्यास सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमतो छ । विद्युत अवरुद्ध हुँदापनि संचालन हुने वातावरण बनाउँदै चौविसै घण्टा संचालन गर्न सक्नेवारे पनि छलफल भएको छ। साथै पालिकाहरुमा आइसोलेसनको स्थिती हेर्ने र नगरपालिका, गाउँपालिकाहरुसँग समन्व्य गर्ने काम भइरहेको उहाँले बताउनुभयो । के अपुग छ ती कुराहरुको जानकारी लिने र त्यसको समाधानमा पहल गर्ने काम अहिले भइरहेको पंगेनीले बताउनुभयो । संकटको समय एकले अर्कोलाई निर्देशन भन्दा पनि हामी सँगै छौँ भन्ने भावनाले काम गर्न सवैलाई आह्वान गर्नुभयो । यसो भए मात्रै दोस्रो लहरको महामारीसँग जुध्न सकिने उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चेसराम आलेले स्थानीय तहहरु सक्रिय हुन आवश्यक रहेको र आफूले गर्न नसकेका कार्यहरु प्रदेश र केन्द्र सरकारसँग माग गर्न सुझाव दिँदै जनतामा थप सचेतना आवश्यक भएको बताउनुभयो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै पर्याप्त जनशक्ति सहित स्वास्थ्य संस्थालाई सक्रिय बनाउन आवश्यक रहेको र गैँडाकोट कावासोती वढि जोखिममा रहेको आलेले बताउनुभयो।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जिल्लामा १६३ सिलिण्डर अक्सिजन ग्यास रहेको र ३० देखि ४० वटा सिलिण्डर तत्काल थप गर्नुपर्नेमा जोड दिनुभयो । नवलपुरका गम्भिर विरामीलाई भतरपुरमा उपचारका लागि सहजै व्यवस्था गरिदिन भनिएको तर यहीको आइसोलेसन अव अक्सिजन सहितको निर्माण गर्नुपर्ने बताउनुभयो । क्याम्पस र विद्यालयका विद्यार्थीहरुमा कोभिड १९ भयावह हुन सक्ने उहाँको आकलन थियो ।

नगर अस्पताल गैँडाकोटमा अक्सिजन सहित २० वेड आइसोलेसन बनाइने

नगर अस्पताल गैँडाकोटमा २० वेडको आइसोलेसन केन्द्र बनाइने भएको छ । डिसीसीएमसीको टोली र अस्पताल व्यवस्थापन समितिवीच आज बैठक बसेर अक्सिजन सिलिण्डर सहितको आइसोलेसन बनाउने निर्णय भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभयो । ठाउँ पर्याप्त रहेको र अक्सिजन सिलिण्डरको फ्याक्ट्री पनि नजिक भएकाले जिल्लाले दिएको जिम्मेवारीलाई वहन गर्न तयार रहेको बताउनुभयो । तर विगतको जस्तै व्यवस्थापन भए काम गर्न नसक्ने स्पष्ट पार्दै चिकित्सक सहितको जनशक्ति थप्न माग गर्नुभयो । अस्पतालको दैनिक सेवा प्रवाहलाई असर नपर्ने गरी छुट्टै जनशक्तिको थप गरी सिफ्ट अनुसार कोरोना संक्रमित हेर्ने गरी व्यवस्थापनको कार्यमा सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लगायतसँग माग गर्नुभएको छ ।
साथै संक्रमितको नियमित अपटेड गर्न नगरपालिकाको स्वास्थ्य शाखासँग अनुरोध गर्दै जनचेतनाका कार्यक्रमलाई बढाउन सुझाव दिनुभयो । अस्पतालका प्रमुख इन्द्रराज शर्माले पर्याप्त जनशक्ति, औषधिजन्य सामाग्री सहितको व्यवस्था भइदिए विरामीको उपचार गर्न तयार रहेको बताउनुभयो । नगर अस्पताल परीसरमा भएको कार्यक्रमको हेल्थ असिस्टेण्ट माधव आचार्यले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी दिलीपकुमार गिरी,शसस्त्र प्रहरीका विर भद्र,जिल्ला समन्वय अधिकारी देवी प्रसाद आचार्य,स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल लगायतको अनुगमन निरीक्षणमा सहभागीता रहेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: