सिन्धुलीमा मोटरसाइकलमा सवार एकै परिवारका तीन जनाको मृत्यु

वैशाख १० । सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा आज बेलुका भएको दुर्घटनामा दुधौली नगरपालिका–४ डकाहाका २६ वर्षीय यमकुमर ९दनुवार० र उनका भतिजहरु १३ वर्षीय आशीष कुमर र ९ वर्षीय अदितकुमरको मृत्यु भएको हो ।

उनीहरुमध्ये दुई जनाको घटनास्थलमै र अदितको सिन्धुली अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको सिन्धुली प्रहरी कार्यालयका डीएसपी मनोजकुमार लामाले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका ९ को भिमानबाट डकाहातर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक यमकुमर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी जवानमा कार्यरत रहेको पनि जनाइएको छ ।
थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: