कोहलपुरमा बस र टिपर ठोक्किँयो,५ जनाको मृत्यु

बैशाख ४ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । हिजो भएको दुर्घटनामा बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएका छन् । ७ को अवस्था गम्भीर छ ।

सुर्खेतबाट धरान जाँदै गरेको बस शुक्रबार साँझ पौने ६ बजेतिर टिपरसँग ठोक्किँदा दुर्घटनामा एक महिलासहित चार पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये महिलाबाहेक चार जनाको सनाखत भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालकोसहित एक महिला छन् । अन्यको अझै पहिचान खुल्न सकेको छैन । घटनाको प्रकृति र प्रारम्भिक अनुुसन्धानमा दुबै साधन तीब्र गतिमा रहेका कारण दुर्घटनामा भएको रहेको डिएसपी खनालले जानकारी दिनुभयो । मृतक सवै बसका यात्रु रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको अनटेष्ट टिपर आपसमा ठोक्किएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: