जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु

चितवन, चैत ८ । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर १३ उज्वलनगर बस्ने बर्ष ५० की तिलमांया भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनको भाईको घरमा गुहार माग्न गएको समय हात्तीले हानी घटना स्थलमा नै मृत्यु भएको थियो । आज विहान ४ बजेतिर भरतपुर १३ गंगानगर स्थित जंगल छेउको बस्तिमा एक्कासी जंगली हात्ती गाउँ पसेको थियो । हात्तीले ३ वटा कच्ची घर भत्काएको छ भने ६ बोरा धानमा समेत क्षेती पुर्याएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सोही ठाउँका जिवन तामाङको घर पुर्ण रुपमा क्षेती बनाएको छ भने कृष्ण भुजेलको र बले गोठको घर आंशिक क्षेती भएको प्रहरीको भनाई छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: