रहेनन् काँग्रेस नेता अशोक कोइरालाको

चैत ५ । नेपाली काँग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

निमोनियाको समस्या झेलिरहेका उनी घरैमा अचानक अचेत भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । कोइराला राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष, संविधानसभाका सदस्य र विराटनगरका मेयर बन्नुभएको थियो । नेपाली काँग्रेस मोरङका पूर्व सभापति समेत रहेनु भएका उहाँ हाल नेपाली काँग्रेस महासमिति सदस्य हुनुहुन्थ्यो । अशोक पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशीलका कान्छा भाइ हुनुहुन्थ्यो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: