नवलपुरमा अवैध काठ बरामद

चैत ४ । जिल्ला प्रहरी कार्यालय नवलपुरले गाडि सहित अवैध काठ बरामद गरेको छ ।
हुप्सेकोट गाउँपालिका ३ गिरुबारी खोलाबाट वडा नम्बर २ देखि ३ तर्फ आउदैँ गरेको लु १ ज १८८८ नम्बरको बोलेरो पिकअपलाई प्रहरीले चेकजाँच गरेको थियो ।
शंका लागेर चेकजाँच गर्दा चालक फरार भएका थिए ।

पिकअपमा रहेको सालको चिरान काठ ४३.३१ क्यु फिट , ८६ थान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कावासोती पठाइएको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: