थोरै समय बसेर प्रतिनिधिसभा बैठक सकियो, शोक प्रस्ताव पारित

चैत ३ । छोटो समय बसेर प्रतिनिधिसभाको आजको बैैठक सकिएको छ । तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेपछि बैठक सकिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उहाँ विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्थ्यो । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: