प्रमुख जिल्ला अधिकारी भट्टराइको विदाई

फागुन १७ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइको सरुवा भएको छ ।

उहाँलाई गृहमन्त्रालयले सरुवा गरेको हो । भट्टराइलाई सर्लाही सरुवा गरिएको छ । फागुन १४ गते सरुवा गरिएको हो । उहाँलाई हिजो कर्मचारी मिलन केन्द्र चितवन र जिल्लाका स्थानीय तहका प्रमुखहरुले विदाई गर्नुभएको हो ।

भट्टराइको सरुवा पछि चितवनमा प्रेमलाल लामिछाने आउनुहुनेछ । उहाँको गृह मन्त्रालयबाट काज सरुवा चितवनमा गरिएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: