तनहुँ कारागारमा कैदी समूहबीच झडप, ६ घाइते

फागुन १७ । तनहुँ कारागारमा कैदी समूहवीच झडप भएको छ ।

कारागारका नाइके विवादको विषयलाई लिएर हिजो तनहुँ जिल्ला कारागारमा दुई कैदी समूहबीच झडप भएको हो। झडप हुँदा ६ कैदी घाइते भएका छन ।

झडपका क्रममा कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दीपक दर्जी र ज्ञानबहादुर विक घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ ।

केही महिनाअघि काठमाण्डौबाट सरुवा भएर आएका कैदीहरूको समूहले कैदी नाइके बन्नका लागि आफूहरूमाथि आक्रमण गरेको एक घाइतेले बताए । घाइतेहरूको दमौली अस्पतालमा उपचारपछि कारागार फर्काइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: