अहिलेसम्म ४ लाख २९ हजार ७०५ ले कोरोना खोप लगाए

फागुन १३ । नेपालमा हालसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरणको खोप अभियान माघ १४ गते सुरु भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुँदैछ । दोस्रो चरणमा ५५ वर्ष माथिका सबै नागरिकलाई खोप दिइने सरकारको तयारी छ ।

उक्त अभियानमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायतका चालक तथा सहचालकलाई खोप दिइने छ । पहिलो मात्रा खोप पाएका व्यक्तिहरुलाई दोस्रो खोपको मात्रा कम्तीमा ८ हप्ताको फरकमा दिइने र सोको जानकारी मिति तोकी सार्वजनिक गरिने भएको छ । कोभिसिल्ड गुणस्तर, सुरक्षित र प्रभावकारी देखिएको बताउँदै ढुक्कसँग लगाउन मन्त्रालयको आग्रह छ ।
कसले कति खोप लगाए ?

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु – १ लाख ३७ हजार ८८६

महिला स्वास्थ्य स्वयंसेविकाहरु – ३२ हजार ९३८

सार्वजनिक फोहोर संकलक सरसफाईकर्मी –६ हजार ५५५

एम्बुलेन्स तथा शव वाहन चालकहरु – १ हजार ७६५

कोभिड(१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी –४ हजार ८६०

वृद्ध आश्रममा आस्रित नागरिक र हेरालु कर्मचारीहरु – ३ हजार ३३८

जेलमा रहेका कैदीबन्दी र सुरक्षाकर्मी – २१ हजार ६०

अन्तर्राष्ट्रिय सीमामा खटिने कर्मचारीहरु – १ हजार ३९४

यूएन र कूटनीतिक नियोगका कर्मचारीहरु –११४०

पत्रकारहरु – ६ हजार ७८९

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु –३३ हजार ६९५

जिल्ला तथा पालिका स्तरका सरकारी कर्मचारी –४८ हजार २६६

जनपद प्रहरी – ३२ हजार २२३

सशस्त्र प्रहरी– २२ हजार १४९

बैंकिङ कारोबार गर्ने कर्मचारी– ४९ हजार ७६९

प्राधिकरणका कर्मचारी–१८ हजार ८६९

जिल्ला अदालत तथा जिल्ला सरकारी वकिल कार्यालय – ३ हजार ७५१

नेपाली सेना – १५१७

अन्य – १६४१

Leave a Reply

Scroll to Top
%d bloggers like this: