भागरथीको बलात्कारपछि हत्या आरोपमा एक विद्यार्थी पक्राउ

फागुन ५ । बैतडीकी भागरथी भट्टको बलात्कार पछि हत्या गरेको आरोपमा सोही विद्यालयका विद्यार्थी पक्राउ परेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्ट अध्ययन गर्ने विद्यालयका कक्षा ११ का ती विद्यार्थी पक्राउ परेका हुन्। उनलाई आज सार्वजनिक गर्ने तयारी छ ।

सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: