कालोमोसो दल्नेहरु पक्राउ

फागुन ५ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले कालोमोसो लगाउनेहरुलाई पक्राउ गरेको छ ।

हिजो दिउसो साँढे ५ बजेतिर कावासोती नगरपालिका वडा नं. ४ का बर्ष २७ को दयाराज पाण्डे लाई एक्कासी कालो मोसो दल्ने तथा जुत्ताको माला जबरजस्ती लगाई दिई हातपात, कुटपीट तथा गाली गलौज गरी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।

अभद्र व्यवहार मुद्दा शिर्षकमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व) बाट दिन १० (दश) को म्याद थप समेत गरी थप अनुसन्धान भई रहेको छ ।
पक्राउ परेका व्यक्तिमा देवचुली नगरपालिका वडा नं. १२ लक्ष्मिपुर बस्ने मोहोनी लाल तिवारी, गोबिन्द प्रसाद तिवारी, नविन तिवारी,पदम तिवारी, लोक प्रसाद भुषाल र नारायण पाण्डे रहेकाछन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: