नेतृ रामकुमारी झाँक्री रिहा

माघ ३० । नेपाल प्रहरीले नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई निवासबाटै पक्राउ गरिएको थियो । उहाँलाई निःशर्त रिहा गरिएको छ ।

माघ १६ गते गोरखामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो ।
प्रहरीले उहाँसँग राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो । ‘राष्ट्रपति संस्थाप्रति सम्मान छ किनकि हाम्रो आन्दोलन रगत पसिनाले स्थापित गरेको संस्था हो’ झाँक्रीले भनिन्, त्यहाँ पुग्ने पात्रहरूको क्रियाकलापको न आलोचना गरिएको छ, यसमा पश्चाताप गर्नुपर्ने केही छैन ।’

प्रहरीले उनीसँग सोधपुछ गरिरहँदा पक्राउको चौतर्फी विरोध भइरहेको थियो भने प्रचण्ड–माधव समूह सम्बद्ध युवा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । चौतफी दबाबपछि प्रहरीले उनलाई झण्डै साढे ५ घण्टा नियन्त्रणमा राखेर रिहा गरेको छ ।

May be an image of one or more people and text

Leave a Reply

Scroll to Top
%d bloggers like this: